एक अध्यक्षको अनुपस्थितिमा नेकपाको सचिवालय बैठक पहिलो पटक आव्हान « Nagarik Khabar

एक अध्यक्षको अनुपस्थितिमा नेकपाको सचिवालय बैठक पहिलो पटक आव्हान



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठक बोलाएका छन् ।

नेकपा सचिवालय बैठकको निर्णयका आधारमा प्रचण्डले सोमबार सचिवालय बैठक आव्हान गरेका हुन् । नेकपामा एक अध्यक्षको अनुपस्थितिमा सचिवालय बैठक पहिलो पटक आव्हान भएको हो ।

सचिवालय बैठक सोमवार दिउँसो एक बजे पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा छलफल हुने प्रचण्डको सचिवालयले जनाएको छ ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनी सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार अर्का अध्यक्ष प्रचण्डलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: