सिनामंगलमा टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु « Nagarik Khabar

सिनामंगलमा टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दियो, एकको मृत्यु



काठमाडौं । काठमाडौंको सिनामंगलमा टिपरले तीनवटा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

आइतबार साँझ भएको उक्त घटनामा परी थप तीनजना घाइते भएको प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट सिनामंगलतर्फ जाँदै गरेको बा ३ ख ४३१७ नम्बरको टिपरले सोही दिसाबाट आउँदै गरेको बा ३८ प २३९३, सिनामंगलबाट कोटेश्वरतर्फ जाँदै गरेको बा ८५ प ५६९ र ना४३ प ८७३५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको नाम भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा निराजन कार्की, प्रमोद धिताल र प्रविण लामा छन् । घाइतेमध्ये दुई जनाको सिनामंगलस्थित केएमसी अस्पताल र एकजनाको नयाँबानेस्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: