आज पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो छ ? « Nagarik Khabar

आज पश्चिमी क्षेत्रमा भारी वर्षाको सम्भावना, अन्यत्रको मौसम कस्तो छ ?



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेको जनाएको छ । साथै भारतको मध्य प्रदेशको उत्तरी भाग तथा आसपासका क्षेत्रमा एउटा न्यून चापीय प्रणाली रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार हाल देशका पश्चिमी भू–भागमा आंशिकदेखि समान्य बदली रहेको र बाँकी भू–भागको मौसम सामान्य छ ।

आगामी २४ घण्टाको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

आगामी तीन दिनको मौसम विवरणबारे जानकारी दिँदै महाशाखाले सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सोमबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

मंगलबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पश्चिमी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै मंगलबार राति देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन रचट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन रचट्टयांगसहित वर्षा हुने तथा राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: