प्रधानमन्त्रीको स्वास्थ्य सामान्य « Nagarik Khabar

प्रधानमन्त्रीको स्वास्थ्य सामान्य



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाद्वारा सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा शुक्रबारदेखि नै उपचार सुरु गरिएको छ ।

स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि प्रधानमन्त्री ओली बिहीबार सिङ्गापुर गएका थिए ।

सिङ्गापुरबाट आइतबार टेलिफोनमा कुराकानी गर्दै प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहले भनिन्, ‘प्रधानमन्त्री ओलीको मिर्गौलामा ‘एन्टीबडी’को मात्रा बढेकाले प्लाज्मा फेरेसिस प्रक्रियाद्वारा शुक्रबारबाटै उपचार सुरु गरिएको छ । हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’ शाहले प्रधानमन्त्री ओलीको उपचार अझै १० दिनसम्म हुनसक्ने जानकारी दिइन् ।

प्रधानमन्त्री ओलीको उपचार सिङ्गापुरको नेसनल युनिभर्सिटी अस्पतालमा भइरहेको छ । उक्त अस्पताल मिर्गौला उपचारको क्षेत्रमा ख्यातिप्राप्त मानिन्छ । डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस उपचार विधि अझै केही पटक गरिनेछ ।

गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: