बालबालिकाका लागि खेली–खेली पढ्ने पुस्तकालय « Nagarik Khabar

बालबालिकाका लागि खेली–खेली पढ्ने पुस्तकालय



काठमाडौं । काभ्रेको पनौतीस्थित सामुदायिक ज्ञान विकास पुस्तकालय एवं सिकाइ केन्द्रले बालबालिकालाई सानै उमेरदेखि नै अध्ययनमा रुचि जगाउने वातावरण सिर्जना गर्ने उद्देश्यले खेली–खेली पढ्ने वातावरण सिर्जना गरेको छ ।

केन्द्रले साना विद्यार्थीका लागि खेल्ने ठाउँसहितको पढ्ने कोठाको व्यवस्थासमेत गरेको छ ।

अध्ययनमा बालबालिकाको रुचि घट्दै गएकाले खेली–खेली पढ्ने वातावरण तयार गरेको पुस्तकालयका सहायक लाइब्रेरियन सत्यनारायण नापितले जानकारी दिए ।

अचेलका बालबालिका पढ्नभन्दा मोबाइल, टीभी, ट्याब लगायतका ग्याजेटमा बढी आकर्षित भएको धारणा राख्दै उनले उनीहरूमा अध्ययनभन्दा चलायमान चित्र हेर्ने, खेल खेल्ने क्रम बढेको बताए ।

बालबालिकामा पुस्तकप्रति बढेको नैराश्यताका कारण बिहान÷बेलुकै अतिरिक्त कक्षामा बसाएर वा पाठ्यक्रम रटाएर परीक्षामा नम्बर धेरै ल्याउने बनाउन शिक्षक र अभिभावक दुवैले अतिरिक्त मेहनत गर्नुपरेको छ ।

आजको गोरखापत्र दैनिकले शिवा तामाङले पनौतिबाट लेखेको यो समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: