आज प्रचण्डको अध्यक्षतामा पहिलोपटक नेकपा सचिवालयको बैठक बस्ने « Nagarik Khabar

आज प्रचण्डको अध्यक्षतामा पहिलोपटक नेकपा सचिवालयको बैठक बस्ने



काठमाडौं । पार्टी एकताको १५ महिनापछि पहिलोपटक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज (सोमबार) बस्दैछ ।

यसअघिका बैठकको अध्यक्षता प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले गर्दै आएका थिए । उनी उपचारका लागि सिंगापुरमा रहेकाले पहिलोपटक एक अध्यक्षको अनुपस्थितिमा अर्का अध्यक्षको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबार १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाइएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले दाहाललाई उपचारका लागि सिंगापुर जानुअघि पार्टीको बैठक, निर्णयलगायतका काम सहमतिमा गर्न जिम्मेवारी दिएका थिए ।

सोहीअनुसार अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गर्दै सचिवालय बैठक बोलाएका हुन् ।

सुभाष साहले राजधानी दैनिकमा यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: