कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा « Nagarik Khabar

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा



सुर्खेत । कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन् ।

कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो । गाउँमा प्राथमिक विद्यालयमात्र छ ।

माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्छ । कैलाली र सुर्खेतलाई छुट्याउने कर्णाली नदीमाथि पुल छैन । ‘वर्षाको भेलमा पनि डुंगा खियाएर विद्यालय आउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘गाउँमै विद्यालय नहुँदा मजस्ता धेरैले सास्ती खेपिरहेका छन् ।’

कर्णाली नदीमा रांगा र बिजौरा जोड्ने पुल नहुँदा यहाँका विद्यार्थी पढ्न जान बिहान ६ बजे नै घरबाट हिँड्छन्। स्कुल पुग्दासम्म बिहानको १० बजिसकेको हुन्छ ।

साँझ घर फर्कंदा पनि उत्तिकै समय लाग्छ । कैलालीको रांगा गाउँ कर्णाली नदीले घेरेको छ ।

बर्खायाममा कर्णालीको बहाव बढेसँगै यहाँका विद्यार्थी विद्यालय आउन पाउँदैनन् । ‘कर्णालीमा पानीको बहाव बढेसँगै स्कुल जान पनि पाउँदैनौं,’ विद्यार्थी खगी सलामीले भनिन्, ‘त्यसैले बीचमै धेरैले पढाइ छोड्ने गरेका छन् ।’

आजको नागरिक दैनिकमा नगेन्द्र उपाध्यायले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: