‘अनलाइन सपिङ’ अब कानुनी दायरामा « Nagarik Khabar

‘अनलाइन सपिङ’ अब कानुनी दायरामा



काठमाडौं । सरकारले अनलाइन सपिङलाई कानुनी दायरामा ल्याउने भएको छ । सामाजिक सञ्जाल र वेवसाइट प्रयोग गरी सञ्चालन भइरहेका अनलाइन सपिङले उपभोक्ता ठगेको गुनासो बढेपछि सरकारले उनीहरूलाई कानुनी दायरामा ल्याउन लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपालमा विद्युतीय व्यापारको विकास र उपयोगसम्बन्धी राष्ट्रिय रणनीति २०७६ मार्फत विद्युत् र वेवसाइडमार्फत हुने व्यापारिक गतिविधिलाई कानुनी दायरामा ल्याउन लागेको हो । मन्त्रिपरिषद् बैठकले गत असार ८ गते यो रणनीति स्वीकृत गरेको थियो ।

हालसम्म यस्ता व्यापारिक गतिविधि जसलाई मन लाग्यो उसले इन्टरनेटमार्फत वेवसाइट र समाजिक सञ्जालमार्फत सञ्चालन गर्दै आएका छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: