अमिताभको मृत्युपश्चात् के हुन्छ उनको सम्पत्ति ?, स्वय‌म् चाहीँ यसाे भन्छन् « Nagarik Khabar

अमिताभको मृत्युपश्चात् के हुन्छ उनको सम्पत्ति ?, स्वय‌म् चाहीँ यसाे भन्छन्



एजेन्सी । बलिउडका महानायक अमिताभ बच्चनसँग कति सम्पत्ति छ ? र त्यो सम्पत्ति के हुन्छ ? भन्ने विषयमा धेरैको जिज्ञासा रहेको छ । यसबारे अमिताभ स्वयंले पनि खुलासा गरेका छन् ।

अमिताभ अहिले ‘कौन बनेका करोडपति’ को सिजन ११ को होस्ट गरिरहेका छन् । जसमा उनी आफ्ना निजी जिवनका सम्बन्धमा पनि खास कुरा गरिरहेका छन् ।

यसै क्रममा उनले आफ्नो मृत्युपश्चात सम्पत्ति कसरी बाँडिन्छ भन्ने कुरा पनि उनले बताएका छन् । अहिले अमिताभसँग लगभग ४ अरब ६० करोड भारतीय रुपैयाँ रहेको बताइन्छ । यो कुरा जया बच्चनले चुनावको नामांकन पत्र दर्ता गर्ने समयमा गरेकी थिइन् ।

अमिताभले आफ्नो सम्पत्ति आफूहरु नरहेपछि आफ्ना छोराछोरीको हुने बताएका छन् । आफ्ना एक छोरा र एक छोरी रहेको उल्लेख गर्दै अमिताभले दुवैजनाले बराबर बाँड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: