नेकपाको सचिवालय बैठक ११ बजे « Nagarik Khabar

नेकपाको सचिवालय बैठक ११ बजे



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (सोमबार) विहान ११ बजे बस्ने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि अर्का अध्यक्ष प्रचण्डले पहिलोपटक नेकपाको सचिवालय बैठक बोलाएका हुन् ।

यसअघि आद दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक डाकिएको थियो । तर बैठक २ घण्टा अघि सारेर ११ बजेका लागि बोलाइएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सोमबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी सचिवालय बैठकको समय पुनः संयोजन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: