रोल्पाको वडा कार्यालयमा विस्फोट (घटनास्थलको फोटोसहित) « Nagarik Khabar

रोल्पाको वडा कार्यालयमा विस्फोट (घटनास्थलको फोटोसहित)



रोल्पा । परिवर्तन गाउँपालिका २ नं.  वडा कार्यालयमा गएराति बम विस्फोट र आगजनीको प्रयास भएको छ । राङसीस्थित वडा कार्यालयमा स्टिलको बाल्टिन बम विस्फोट भएको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।

उनकाअनुसार शनिबार मध्यराति बम विस्फोट भएको र आगजनीको समेत प्रयास भएको छ । बम विस्फोटपछि गरिएको आगजनीलाई स्थानीयबासीले नियन्त्रणमा लिएको वडाध्यक्ष बुढाले बताए ।

‘ठूलो क्षति नपुर्याउने खालको बाल्टिनको बम विस्फोट भएको देखिएको छ । हामीले स्टिल फेला पारेका छौँ र प्रहरीले लिएर गएको छ,’ वडाध्यक्ष बुढाले भने, ‘स्थानीयबासीले आगो नियन्त्रण लिंदा ठूलो क्षति हुनबाट जोगियो ।’

रोल्पा जिल्ला प्रहरी प्रमुख एसपी दीपक खड्काले भने बम विस्फोट बारे आफूलाई जानकारी नभएको बताए । ‘पेट्रोल छर्किएर आगो लगाने प्रयास भएको रहेछ, स्थानीय र प्रहरी मिलेर त्यसलाई रोकेका छन्,’ डीएपी खड्काले भने ।

चट्याङबाट आगो लाग्यो भनेर निभाउन निस्किए स्थानीय

स्थानीयहरुका अनुसार आइतबार राती साढे १२ बजेतिर ठूलो आवाज निस्कियो । सिमसिम पानी परिरहेको र आकाशसमेत गड्कीरहेको थियो ।

ठूलो आवाजले स्थानीय घरबाहिर निस्किए । निस्कदा वडा कार्यालयमा आगोको मुस्लो निस्कदै थियो । स्थानीयहरुले चट्याङ परेर अगो लागेको निष्कर्ष निकाले ।

‘चट्याङले लागेको आगो सबैतिर सल्किएपछि बजार नै ध्वस्त हुनसक्छ भनेर स्थानीयहरु वडा कार्यालयको आगो निभाउन निस्कनुभएको रहेछ,’ वडाध्यक्ष बुढाले भने, ‘तर त्यहाँ पुगेर आगो निभाइसकेपछि थाहा भयो की बम पो विस्फोट भएको रहेछ ।’

बम विस्फोट गराएर आगोसमेत लगाइएको थाहापाएपछि स्थानीय त्रसित बनेको वडाध्यक्ष बुढाले बताए । उनका अनुसार विस्फोटपछि वडा कार्यालय भवनको चारैतिर डिजेल छर्किएर आगो लगाउने प्रयास गरिएको छ ।

बम विस्फोट र आगजनीको प्रयास कसले गर्यो भन्ने पुष्टि नभएको वडाध्यक्ष बुढाले बताए । विस्फोट र आगजनीको प्रयास सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले गराएको आशंका सुरक्षा स्रोतले गरेको छ ।

वडा कार्यालयले दिएको आगो निभाउने जनतालाई धन्यवाद

यसैगरी वडा कार्यालयले बम विस्फोट र आगजनी प्रयासको भ्रत्र्सना गरेको छ । सोमबार विहान वडाध्यक्ष बुढाले वक्तव्य जारी गरेर घटनाको भ्रत्र्सना गर्दै आगो नियन्त्रण गर्ने जनतालाई धन्यवाद दिएका छन् । 

वडा कार्यालयलाई घटनामाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: