बयानका लागि रवि लामिछानेसहित तीनजनालाई अदालतमा पेश « Nagarik Khabar

बयानका लागि रवि लामिछानेसहित तीनजनालाई अदालतमा पेश



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनालाई बिहान १० बजे नै अदालतमा पेश गरिएको छ ।

प्रहरी हिरासतबाट लामिछाने, पत्रकार युवराज कंडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई जिल्ला अदालत लगिएको छ । आज लामिछाने र कंडेलको बयानपछि थुनछेक बहस सुरु हुने जिल्ला अदालत चितवनले जनाएको छ ।

अस्मिताको हिजोनै बयान सकिएको थियो । पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहनमा तीनजना विरुद्ध हिजो मुद्दा दर्ता भएको छ ।

न्यायाधीशको उपस्थितिमा हुने बयानपछि आजै थुनछेक बहस हुनेछ । त्यसपछि सकभर आजै र बहस नसकिएमा भोलिसम्म निर्णय आउने छ ।

जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने र तारेखमा रिहागर्ने तीन विकल्पमा निर्णय गर्नेछ । 

पत्रकार पुडासैनीको मोबाइलमा भेट्टिएको भिडियोमा लामिछाने, कंडेल र कार्कीका कारण आफूले आत्महत्या गरेको उल्लेख छ । त्यसैका आधारमा प्रहरीले तीनजनालाई पक्रेको थियो ।

लगत्तै पीडित परिवारको तर्फबाट पुडासैनीकी श्रीमती सम्झनाले समेत तीनजनालाई आत्महत्या दुरुत्साहन अन्तरगत कारबाहीको माग गर्दै किटानी जाहेरी दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: