वेष्टइण्डीज बिरुद्धको पहिलो टेष्टमा भारत विजयी « Nagarik Khabar

वेष्टइण्डीज बिरुद्धको पहिलो टेष्टमा भारत विजयी



एजेन्सी । वेष्ट इण्डिज विरुद्वको पहिलो टेष्टमा भारत विजयी भएको छ । साथै दुई टेष्टको सिरिजमा १–० को अग्रता लिएको छ ।

एन्टिगुवा स्थित सर भिभियन रिर्चडसन स्टेडियममा भएको पहिलो टेष्टमा वेष्ट इण्डिजलाई भारतले ३१८ रनको विशाल अन्तरले पराजित गरेको हो ।

४१९ रनको विशाल लक्ष्य पाएको घरेलु टोली वेष्ट इण्डिजले मात्र १०० रन बनाउन सक्यो । उसका केमार रोचले ३८ तथा रोस्टन चेसले १२ रन मात्र दोहोरो अंकमा रन बनाए । वेष्ट इण्डिजलाई सस्तैमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले सर्वाधिक पाँच तथा इशान्त शर्माले ३ र मोहम्मद शामीले २ विकेट लिए ।

यसअघि पहिलो इनिङमा ७५ रनको अग्रता लिएको भारतले सात विकेटको क्षतिमा ३४३ रन बनाउँदा पारी समाप्तीको घोषण गरेको थियो । भारतका अजिङ्क्य रहानेले १०२ रनको शतकीय पारी खेले । त्यसैगरी हनुमा विहारीले ९३,विराट कोहलीले ५१ तथा लोकेश राहुलले ३८ रनको यागदान दिए ।

शतकीय पारी खेलेका अजिङ्क्य रहाने खेलको म्यान अफ दि म्याच घोषित भए ।

दुई देशबीचको दोस्रो टेष्ट जमैकामा ३० अगष्टदेखि सुरु हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: