प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक सुरु (भिडियोसहित) « Nagarik Khabar

प्रचण्डको अध्यक्षतामा नेकपाको सचिवालय बैठक सुरु (भिडियोसहित)



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पछि २ घण्टा अगाडि बिहान ११ बजेका लागि बोलाइएको थियो । बैठकको अध्यक्षता नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन्

प्रधानमन्त्री समेत रहेको अर्का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि सिंगापुर गएपछि प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीको उपचार केहीदिन लम्बिने भएपछि पार्टी एकताका बाँकी काम टुंग्याउनका लागि प्रचण्डलाई अख्तियारी दिएर ओली सिंगापुर गएका थिए ।

यता अध्यक्ष प्रचण्डले भने सचिवालय बैठकको तयारीस्वरुप नेताहरुसँगको छलफललाई तीव्रता दिएका थिए । सोही क्रममा हिजो दिनभर प्रचण्ड भेटघाटमा व्यस्त थिए ।

अध्यक्ष ओली र सचिवालय सदस्य माधव नेपालबीचको विवाद केही दिन पहिले सार्वजनिक भएको थियो । त्यसलाई मध्यनजर गर्दै प्रचण्डले नेपालसँग पनि छलफल गरेका थिए ।

पार्टी एकताको लामो समय वितिसकेको भएपनि एकताका केही काम अझै बाँकी छन् । यी लगायतका विषयमा सचिवालय बैठकमा सहमति खोज्ने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: