रवि लामिछानेसहितका आरोपीको न्यायोचित छानबिन होस् : पौडेल « Nagarik Khabar

रवि लामिछानेसहितका आरोपीको न्यायोचित छानबिन होस् : पौडेल



चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् ।

सोमबार चितवनमा पत्रकारसँगको कुराकानीमा पौडेलले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताएका हुन् ।

‘सरकारको विकल्पको रुपमा कांग्रेसलाई तयार गर्नुपर्छ,’ पौडेलले भने, ‘यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।’ पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टीभित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उनको भनाइ थियो ।

‘राजनीतिमा सबै कुरा सबैले एकैनास बोल्छ भन्ने हुँदैन पक्ष–विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन,’ उनले भने ।

फरक प्रसङ्गमा पौडेलले सरकार र यहाँको न्याय प्रणालीप्रति जनतामा अविश्वास बढ्दै गएको बताए । कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणित गरेको नेता पौडेलको भनाइ थियो ।

लामिछानेसहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्नेमा जोड दिँदै उनले यो विषय न्यायालयमा पुगिसेकाले न्यायोचित छानबिन हुने अपेक्षा गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: