नेपाली टोली र मलेसियाको जोहोर दारुल क्लबबीचको खेल आज « Nagarik Khabar

नेपाली टोली र मलेसियाको जोहोर दारुल क्लबबीचको खेल आज



विश्व कप (२०२३)छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीले सोमबार मलेसियाको जोहोर दारुलसँग मैत्रीपूर्ण खेल खेल्नेछ । खेल नेपाली समयअनसुार साँझ ६ः३० बजे सुरु हुनेछ ।

जोहोर दारुल मलेसियाको सुपर लिग च्याम्पियन क्लब हो । जोहोर दारुलबीचको खेलकालागि नियमित कप्तान तथा उपकप्तान बाहेको टिम मलेसिया पुगेको छ । नेपाली टोलीको कप्तानको जिम्मेवारी सुजल श्रेष्ठलाई दिइएको छ । त्यस्तै उपकप्तानमा विकेश कुथु रहेका छन् ।

नियमित कप्तान विराज मर्हजनलाई विश्राम दिइएको छ भने उपकप्तान किरण कुमार लिम्बु ट्रायलका लागि जापनमा तथा भरत खवास थाइल्याण्डमा रहेका छन् ।

विश्वकप छनोट चरण अन्तरगत नेपालले पहिलो खेल कुवेतसँग भदौ १९ गते खेल्नेछ । त्यसको तयारीकालागि नेपालले मलेसियाली क्लबसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेलाडीहरु
गोलरक्षकः
विकेश कुथु
अलान न्यौपाने
विशाल श्रेष्ठ
डिफेन्डरः
सरोज दाहाल
अजित भण्डारी
दिनेश राजवंशी
अनन्त तामाङ
देवेन्द्र तामाङ
रजिन धिमाल
सुमन आर्यल
मिडफिल्डरः
सुनिल वल
रवि पासवान
अञ्जान विष्ट
सुजल श्रेष्ठ
हेमन गुरुङ
विक्रम लामा
तेज तामाङ
सन्तोष तामाङ
विशाल राई
फर्वाडः
विमल घर्तीमगर
विमल राना
अविषेक रिजाल
नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: