सेनाको ६ अर्ब बेरुजु फर्छ्योट « Nagarik Khabar

सेनाको ६ अर्ब बेरुजु फर्छ्योट



काठमाडौं । नेपाली सेनाले आर्थिक वर्ष २०७५/७६ मा बेरुजु फर्छ्योटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

नेपाली सेनाको नाममा कायम भएको कूल नौ अर्ब ३३ करोड ४४ लाख पाँच हजारमध्ये उक्त आर्थिक वर्षमा ६ अर्ब २८ करोड ७६ लाख ६८ हजार बेरुजु फर्छ्योट गर्न सफल भएको प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

आव २०७५/७६ मा ६० प्रतिशतको लक्ष्य राखिएकामा ७६.३६ बेरुजु फर्छ्योट भएको र बाँकी बेरुजुमध्ये पनि ९७ प्रतिशत पेश्की बेरुजु रहेको उनले बताए ।

नेपाली सेनाले सङ्गठनको नाममा रहेको बेरुजु फर्छ्योट गरी शून्य बनाउने र आगामी दिनमा बेरुजु नै हुन नदिने नीति बनाएर काम गरिरहेको छ ।

सेनाको कल्याणकारी कोषतर्फको बेरुजुु ७० करोड २० लाख ९३ हजार रहेकामा उक्त आवमा ४४ करोड २० लाख ६० हजार फर्छ्योट गरी ६२.९६ प्रतिशत प्रगति हासिल भएको जनाइएको छ ।

पछिल्लो समय बेरुजु घटाउन सङ्गठन संवेदनशील र सक्रिय रहेको हुँदा बेरुजु फर्छ्योटको अवस्था पछिल्लो समय निकै सुधारोन्मुख रहेको प्रवक्ता पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: