मन्त्रिपरिषदको बैठक भिडियो कन्फेरेन्सबाट, प्रधानमन्त्रीले सिंगापुरबाट अध्यक्षता गर्दै « Nagarik Khabar

मन्त्रिपरिषदको बैठक भिडियो कन्फेरेन्सबाट, प्रधानमन्त्रीले सिंगापुरबाट अध्यक्षता गर्दै



काठमाडौं । मन्त्रिपरिषदको बैठक भिडियो कन्फेरेन्समार्फत बसेको छ । उपचारका क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रयोग गरी मन्त्रिपरिषद बैठकको अध्यक्षता गरिरहेका छन् । 

नेपालमा भिडियो कन्फेरेन्समार्फत बैठकको मन्त्रिपरिषद सञ्चालन गरेको पहिलो पटक हो । मन्त्रिपरिषदको अघिल्लो बैठकले प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थित नभएका बेला प्रविधिको प्रयोग गरी भिडियो कन्फेरेन्समार्फत बैठक सञ्चालन गर्न सक्ने निर्णय गरिएको थियो ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मन्त्रीहरू सहभागी छन् । प्रधानमन्त्री ओलीले सिंगापुरबाट सम्बोधन गरिरहेका छन् ।

फोटो : विष्णु रिमाल/चेतन अधिकारी

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: