समायोजनमा जाँदा प्रहरीलाई बढुवा गरेर पठाउन सकिँदैन : गृहसचिव राई (भिडियोसहित) « Nagarik Khabar

समायोजनमा जाँदा प्रहरीलाई बढुवा गरेर पठाउन सकिँदैन : गृहसचिव राई (भिडियोसहित)



काठमाडौं । सरकारले समायोजमा जाने प्रहरीको बढुवा गर्न नसकिने दोहोर्‍याएको छ ।

राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रहरी समायोजन विधेयक–२०७६ माथिको छलफलका क्रममा गृहसचिव प्रेमकुमार राईले समायोजनमा जाने प्रहरीको बढुवा गर्न नसकिने प्रष्ट्याएका हुन् । उनले एउटै तहका प्रदेश प्रहरीले नपाउने र संघीय प्रहरीले पाउने व्यवस्था गर्दा विभेद हुने जिकिर गरे । तर, समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड थप गर्ने व्यवस्था गरिएको जानकारी गराए ।

बैठकमा समिति सदस्यहरुले विगतमा पनि नेपाली सेनाबाट सशस्त्र प्रहरीमा लैजाँदा एक तह बढुवा गरिएको नजिर रहेको तथा हाल निजामती कर्मचारीको समायोजन गर्दा पनि एक तह बढुवा गरिएकाले प्रहरी समायोजनमा पनि सोही अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

समायोजनमा जाने प्रहरीको एक तह बढुवा गरिनुपर्ने आवाज उठे पनि त्यो व्यवस्थाविना नै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा शुसासन समितिले विधेयक पास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: