चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, आन्दोलनकारीद्वारा दुईवटा गाडीमा तोडफोड « Nagarik Khabar

चितवनमा प्रहरी र प्रदर्शनकारीबीच झडप, आन्दोलनकारीद्वारा दुईवटा गाडीमा तोडफोड



भरतपुर । चितवनमा रवि लामिछानेका समर्थकले सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरी हस्तक्षेपपछि केहीबेर दुई पक्षबीचमा झडप भएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले प्रदर्शनकारीले सार्वजनिक गाडी तोडफोड गरेका र गस्तीमा रहेको प्रहरीमाथि ढुंगा प्रहार गरेपछि सामान्य बल प्रयोग गर्नु परेको जनाएका छन् ।

प्रहरीले केहीसेल अश्रुग्याससमेत प्रहार गरेको थियो । अहिले अवस्था नियन्त्रणमा रहेको उनले जानकारी दिए ।

प्रदर्शनकारीले दुइवटा गाडीमा तोडफोड गरेका छन् । काठमाडौँबाट हेटौँडा जाँदै गरेको ना ६ ख ४२ नम्बरको ट्रकमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै पर्सा टाँडी हुँदै नवलपरासी चौधरी ग्रुपतर्फ जाँदै ना ४ ख ४३२५ नम्बरको अर्को ट्रकमाथि पनि तोडफोड भएको हो ।

चितवन जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालत र प्रहरी कार्यालय वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेपनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: