पतिले धेरै माया गरेको भन्दै सम्बन्धविच्छेको उजुरी ! « Nagarik Khabar

पतिले धेरै माया गरेको भन्दै सम्बन्धविच्छेको उजुरी !



एजेन्सी । पति–पत्नीबीच सम्बन्धविच्छेद किन हुन्छ ? मनमुटाव भएर, झगडा, वादविवाद भएर, एकले अर्कालाई मायाँ नगरेर । तर, एउटा यस्तो घटना पनि भएको छ जहाँ श्रीमानले आफूलाई हदभन्दा बढी प्रेम गरेको भन्दै श्रीमतीले सम्बन्धविच्छेद माग गरेकी छिन् ।

पतिसँग सम्बन्धविच्छेदका लागि अदालत पुगेकी एक महिलाले उनलाई पतिले हदभन्दा बढी प्रेम गरेको र त्यसको कारण जीवन जीउन अप्ठेरो भएको भन्दै सम्बन्धविच्छेदको माग गरेकी छिन् ।

घटना संयुक्त अरब इमिरेट (युएई)को हो । त्यहास्थित खलिजटाइम्स डटकमका अनुसार युएईको एक सरिया अदालतमा सम्बन्धविच्छेदका लागि आएकी महिलाले विवाहको एक वर्षपछि पतिसँग सम्बन्धविच्छेको माग गरिन् । पतिले अत्यधिक प्रेम गरेका कारण जिन्दगीमा मजा नआएको उनको भनाइ थियो ।

‘मलाई उनको हदभन्दा बढी प्रेमले असहज भइरहेको छ, उसले मेरो घरको काममा पनि सघाउँछ,’ ति महिलाले अदालतमा भनेकी छिन्, ‘म झगडा गर्नका लागि पर्खेर बसेको हुन्छु, तर मेरो रोमान्टिक पतिसँग यस्तो हुन सक्दैन । उ मेरा सबै हर्कतहरुलाई माफ दिन्छ र उपहारको वर्षा गराउँछ ।’

उनका पतिले भने विवाहको एक वार्षको अवधिलाई लिएर कुनै पनि निर्णय गर्नु हतारो हुने बताए । हरेक व्यक्तिले आफ्नो गल्तीबाट सिक्दै जाने उनको भनाइ थियो ।

अदालतले भने पतिको कुरालाई सम्बोधन गर्दै उनीहरुको सम्बन्धविच्छेद नगरी पठाइदिएको छ । अदालतले आफूहरुबीचको मतभेद सुल्झाउन पनि उनीहरुलाई सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: