स्याङ्जामा पनि भेटियो डेंगु संक्रमित « Nagarik Khabar

स्याङ्जामा पनि भेटियो डेंगु संक्रमित



स्याङ्जा । स्याङ्जामा पनि डेंगुका एक बिरामी फेला परेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका सूचना अधिकारी मित्रलाल अर्यालका अनुसार पुतलीबजार नगरपालिका– २ का ३२ वर्षीय एक पुरुषमा डेंगु फेला परेको हो । गत बिहीबार अस्पतालमा भर्ना भएर उपचार गराइरहेका उनको ल्याब परीक्षणका क्रममा डेंगु भेटिएको पुष्टि भएको उनले बताए ।

डेंगु लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । यो रोग विशेषगरी पोथी एडिज नामको लामखुट्टेकोे टोकाइबाट मानिसमा सर्छ । शुरुमा बिरामीको टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, जिउ तथा हात दुख्ने, आँखाको गेडी दुख्ने, शरीरका मासु दुख्ने डेङ्गुका लक्षण भएकाले यस्ता लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा उपचारका लागि जानुपर्ने बताइएको छ ।

डेङ्गुबाट बच्न घर वरपर पानी जम्ने खाल्डाखुल्डी पुर्ने, घर नजिक झाडी नराख्ने र सुत्दा झुल प्रयोग गर्न पनि सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: