भरुवा बन्दुकसहित युवक पक्राउ « Nagarik Khabar

भरुवा बन्दुकसहित युवक पक्राउ



बर्दिया । बर्दियामा भरुवा बन्दुकसहित एक जनालाई पक्राउ परेका छन् ।

आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ३२ वर्षीय धनबहादुर रानामगरलाई उनकै घरबाट एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका रानामगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: