सांसद लामाको प्रश्न, ‘छ वर्षदेखि आन्दोलनरत विद्यार्थीको माग किन नसुनेका ?’ (भिडियो) « Nagarik Khabar

सांसद लामाको प्रश्न, ‘छ वर्षदेखि आन्दोलनरत विद्यार्थीको माग किन नसुनेका ?’ (भिडियो)



काठमाडौं । सांसद नविना लामाले छ वर्षदेखि आन्दोलनरत त्रिभुवन विश्वविद्यालय विज्ञान संकाय माइक्रोलोजीका विद्यार्थीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

संसदको शून्य समयमा बोल्दै सांसद लामाले छ वर्षदेखि माइक्रोलोजीका विद्यार्थीहरु आन्दोलनरत रहेको भन्दै सरकारले गम्भीर भएर माग पूरा गर्न माग गरे । उनले भने, ‘जसरी भएपनि माइक्रोलोजीका विद्यार्थीको माग सम्बोधन गरोस् ।’

सरकारी विश्वविद्यालयका लेखापाल र कार्यालय सहयोगीहरुको तलबमा विभेदको गुनासो आएको भन्दै सम्बोधन गर्नसमेत सांसद लामाले सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: