तीनकुने–गौशाला सडकलाई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा « Nagarik Khabar

तीनकुने–गौशाला सडकलाई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र घोषणा



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले तीनकुने–गौशाला सडकलाई ‘अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र’ घोषणा गरिने भएको छ ।

घोषणासँगै उक्त सडक खण्डमा व्यवसायीले खुला रुपमा सेकुवा बेच्न नपाउने भएका छन् । उनले आफ्नो प्राथमिकताको कार्यक्रम सार्वजनिक गर्ने क्रममा उक्त घोषणा गरेका हुन् ।

उनले सो सडक खण्डका अव्यवस्थित संरचना हटाएर सौन्दर्यकरण गर्ने समेत बताए । मन्त्री भट्टराईले पशुपतिनाथ मन्दिरस्थित विद्युतीय शवदाह गृहमा ५ वटा मेसिन थप गर्ने पनि उल्लेख गरेका छन् । जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: