रवि लामिछानेको थुनछेक बहस सकियो, निर्णय आजै आउने « Nagarik Khabar

रवि लामिछानेको थुनछेक बहस सकियो, निर्णय आजै आउने



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनमा पक्राउ परेका रवि लामिछानेसहित तीनजनाको थुनछेक बहस सकिएको छ ।

पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोप लागेका लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीको थुनछेक बहस सकिएको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा भएको बहसका लागि ८ जना अभिवक्ताले बहस गरेका थिए ।

चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणी गिरीकाअनुसार तीनैजनाविरूद्ध आत्महत्या दुरूत्साहन मुद्दामा अदालतमा बहस सकिएपछि निर्णय दिन बाँकी छ।

बहस सकिएपछि जिल्ला अदालतले उनीहरुलाई रिहा गर्न वा कारागार चलान गर्न आदेश दिने भएको छ। 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: