लक्ष्मण थारुको नेतृत्वमा मोर्चा गठन गर्दै थरुहट सम्मेलन सम्पन्न « Nagarik Khabar

लक्ष्मण थारुको नेतृत्वमा मोर्चा गठन गर्दै थरुहट सम्मेलन सम्पन्न



कैलाली । थरूहट/थारूवान राष्ट्रिय सम्मेलन १५ बुँदे टीकापुर घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

गत शनिबारदेखि शुरु भएको उक्त सम्मेलनले लक्ष्मण थारूको संयोजकत्वमा १०१ सदस्यीय थरूहट/थारूवान राष्ट्रिय मोर्चा गठन गरेको छ ।

घोषणापत्र जारी गर्दै बिग्रिएको सद्भाव कायम गर्न र छिन्नभिन्न अवस्थामा रहेका थारू नेतालाई एकताबद्ध गरेको बताइएको छ । टीकापुर घटनामा प्रतिनिधिसभा सदस्य रेशम चौधरीलगायत ११ जनालाई रिहा गरी मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै सो घटनालाई राजनीतिक घटनाका रुपमा लिनुपर्ने लगायतका १५ बुँदै घोषणा पत्रसहित तीन चरणका आन्दोलनका कार्यक्रमसमेत जारी गरेको छ ।

घोषणा सभामा पत्रकारसँगको कुराकानीमा संयोजक थारुले राज्य जिम्मेवार बन्न नसकेकै कारण आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको प्रतिक्रिया दिए । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: