रवि लामिछानेलाई शालिकराम प्रकरणबारे सार्वजनिक रुपमा बोल्न रोक « Nagarik Khabar

रवि लामिछानेलाई शालिकराम प्रकरणबारे सार्वजनिक रुपमा बोल्न रोक



काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई पत्रकार शालिकराम पुडाशैनी आत्महत्याबारे सार्वजनिक रुपमा बोल्न अदालतले रोक लगाएको छ ।

पत्रकार पुडाशैनी आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख रुपैयाँ धरौटीमा रिहा भए पनि उक्त घटनाबारे बोल्न जिल्ला अदालत चितवनले रोक लगाएको हो ।

तर, उनले टेलिभिजन कार्यक्रम वा सार्वजनिक स्थानमा पुडाशैनी आत्महत्याबारे बोल्न नपाउने अदालतले फैसला सुनाएको छ । जिल्ला अदालत चितवनले मुद्दा अदालतमा विचाराधीन रहेकाले अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल, मुद्दाका पक्षहरुसँग टेलिभिजन कार्यक्रम चलाउन, फेसबुक, ट्वीटर लगायतमा विचार र प्रतिक्रिया दिन रोक लगाइएको छ । यसरी नै विदेश  जानअघि अदालतको अनुमति लिनुपर्ने सर्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: