विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गर्ने युवक पक्राउ « Nagarik Khabar

विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गर्ने युवक पक्राउ



रुमुक पश्चिम । विवाह गर्छु भनी एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

चौरजहारी नगरपालिका–५ खहरेका २५ वर्षीय तेज बुढालाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो । रोल्पाकी १९ वर्षीया एक किशोरीलाई विवाह गर्छु भनि मुसिकोटको बागबजारमा रहेको आफ्नै कोठामा ल्याएर बलात्कार गरेको लिखित जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीकार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार बुढाले किशोरीलाई फेसबुकबाट परिचय गरी यही भदौ ५ गते विवाह गर्छु भन्दै कोठामा ल्याएको र सोही राति १०ः३० बजे बलात्कार गरेको तथा ललाइफकाई दुई दिनसम्म कोठामा राखेको जाहेरीमा उल्लेख छ ।

त्यसपछि यही भदौ ७ गते आफूलाई कोठामा बाहिरबाट ढोका बन्द गरी थुनेर बुढा भागेका र किशोरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको प्रहरी प्रमुख खड्काले बताए । जाहेरीका आधारमा खोजतलास गर्दा सोमबार बिहान मुसिकोटको शेरीगाउँबाट आरोपी बुढालाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीमाथि जिल्ला अदालतमा जबरजस्तीकरणी मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: