दुई तिहाईको सरकार भएको बेला दलहरुप्रति अविश्वास बढ्नु दुःखद : पौडेल « Nagarik Khabar

दुई तिहाईको सरकार भएको बेला दलहरुप्रति अविश्वास बढ्नु दुःखद : पौडेल



चितवन । नेपाली कांग्रेससका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक दलहरुप्रति जनताको आस्था र विश्वास कम हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल किसान सङ्घका केन्द्रीय सदस्य पूर्णकान्त पोख्रेलको १०औँ दिनको पुण्यतिथिका अवसरमा नेपाली कांग्रेस भरतपुर महानगरपालिका–५ को आयोजनामा सोमबार लक्ष्मीपुरमा आयोजित शोकसभामा नेता पौडेलले बलियो सरकार भएको समयमा पनि दलहरुप्रति अविश्वास बढ्नु दुःखद भएको टिप्पणी गरे । उनले भने, ‘बढ्दो राजनीतिक अविश्वासलाई अन्त्य गर्न सबै दल सजग हुनु आवश्यक छ ।’

सरकारको काम कारवाहीका कारण जनतामा असन्तुष्टि देखा पर्न थालेको उन दाबी छ । वर्तमान सरकारको विकल्प कांग्रेस भएको नेता पौडेलको भनाइ छ । पोख्रेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको उनले बताए ।

कांग्रेस महामन्त्री डा. शशाङ्क कोइरालाले अग्रजहरुको योदानको कदर गर्दै पार्टीलाई बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन लाग्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: