पत्रकार पुडासैनीको भिडियो मर्नुअघि कसैले खिचेको अदालतको निष्कर्ष ! (आदेशको पूर्णपाठ) « Nagarik Khabar

पत्रकार पुडासैनीको भिडियो मर्नुअघि कसैले खिचेको अदालतको निष्कर्ष ! (आदेशको पूर्णपाठ)



चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रमाणको रुपमा पेश गरिएको भिडियो अर्को व्यक्तिले नै खिचेको अदालतको तथ्य विश्लेषणमा देखिएको छ ।

पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दाको विश्लेषणमा भिडियोका विषयमा प्रश्न उठाइएको छ । त्यतिमात्र होइन आदेशमा पुडासैनीको शव मुचुल्कामा शरीरमा चोटपटक लागेको कुरासमेत उल्लेख छ । त्यसमा पनि अदालतले थप अनुसन्धानको आवश्यकता देखेको प्रष्ट हुन्छ ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको बेञ्चमा हेरिएको उक्त मुद्दाको तथ्य विश्लेषण खण्डको पृष्ठ ७ र ८ मा शालिकराम एक्लैले भिडियो खिचेको होइन भन्ने कुरा उल्लेख गरिएको छ ।

आदेशमा भनिएअनुसार भिडियो रेकर्ड गर्दा स्याण्डो लगाएर रेकर्ड गरिएको र पछि सर्ट र पाइन्ट लगाएर आत्महत्या गरेकाले सायद त्यो भिडियो आत्महत्या गरेकै दिनको भिडियो होइन कि भन्ने प्रश्न पनि उठाइएको छ ।

हेर्नुस् आदेशको पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: