शिक्षा विधेयक चाँडै संसदमा « Nagarik Khabar

शिक्षा विधेयक चाँडै संसदमा



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय शिक्षा नीतिका आधारमा चाँडै नै शिक्षासम्बन्धी विधेयक संसदमा पेस हुने बताएका छन् ।

प्रतिनिधि सभामा सांसदहरूका प्रश्नमा जवाफ दिँदै मन्त्री पोखरेलले संघीय शिक्षासँगै उच्च शिक्षा र प्राविधिक शिक्षासम्बन्धी विधेयक ल्याइने जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसका सांसद गगन थापाले संघीय शिक्षा विधेयकमा सरकारको तयारीबारे प्रश्न गरेका थिए । मन्त्री पोखरेलले संवैधानिक व्यवस्थाअनुसार संघीय शिक्षा विधेयक केन्द्र सरकारकै दायित्व भएको पनि बताए ।

उनले भने, ‘ऐन बन्न नसक्दा केही अप्ठ्यारा भएका छन् ।  स्थानीय सरकार आफैँले कार्यविधि बनाएर पनि अगाडि बढ्न सक्छन् । अब नीतिका आधारमा दुईवटा ऐन चाँडै ल्याउँछौं । उच्च शिक्षा र प्राविधिक शिक्षासम्बन्धी विधेयक पनि हामी चाँडै संसद्मा ल्याउँछौं ।’

आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: