संसदीय समितिका सभापतिको गाडीको भौतिक परीक्षण सुरु « Nagarik Khabar

संसदीय समितिका सभापतिको गाडीको भौतिक परीक्षण सुरु



काठमाडौं । संसदीय समितिका सभापतिहरूको गाडीको भौतिक परीक्षण सोमबारदेखि सुरु गरिएको छ ।

संघीय संसद्का संसदीय समितिका सभापतिहरूले नयाँ गाडी लिएको एक महिना नबित्दै प्राविधिक समस्या देखिएपछि सभामुख कृष्णबहादुर महराले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेका थिए । उक्त समितिले गाडीको भौतिक परीक्षण सुरु गरेको हो ।

छानबिन समिति संयोजक तथा राष्ट्रिय सभाको प्रत्यायोजित विधायन व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सिनियर मेकानिकल इन्जिनियरबाट गाडीको परीक्षण सुरु गरिएको जानकारी दिए ।

छानबिन समितिले सभापतिहरूका लागि भएको गाडी खरिद प्रक्रियाका सम्पूर्ण कागजात मगाएर अध्ययन गरेको थियो । उनले भने, ‘खरिद प्रक्रिया के कस्तो भएको छ भनेर हेर्ने काम सम्पन्न भएको छ ।’

गोरखापत्र दैनिकमा सविता शर्माले यो समाचार लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: