आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना « Nagarik Khabar

आजको मौसम : केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना



काठमाडौं । हाल देशको मध्य तथा पश्चिमका केही स्थानमा आंशिकदेखि सामान्य बदली भई केही भागमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी २४ घण्टाको मौसम सम्बन्धमा जानकारी दिँदै महाशाखाले देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

तीन दिनको मौसम विवरण सार्वजनिक गर्दै महाशाखाले मंगलबार (आज) दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मंगलबार राति देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।

बुधबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने र पहाडी भेगका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

बुधबार राति देशभर आंशिकदेखि सामान्य बदली हुने तथा केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।

बिहीबार दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का देखि मध्यम वर्षा हुने तथा पहाडी भेगका १/२ स्थानमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बिहीबार राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: