पुल निर्माणमा भारतीय अवरोध « Nagarik Khabar

पुल निर्माणमा भारतीय अवरोध



काठमाडौं । भारतीय सुरक्षा निकायले सीमा क्षेत्रमा नेपाललाई पुल बनाउन अवरोध गरेको छ । सबै प्रक्रिया पूरा गरी सीमा क्षेत्रमा निर्माण गर्न लागेको पुल भारतीय पक्षको अवरोधका कारण अलपत्र छ ।

धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित सानो सीमा स्तम्भ २८७/२१ देखि दक्षिण–पूर्व र मुख्य सीमा स्तम्भ २८८ देखि ४ सय ५० मिटर उतर–पूर्वमा जमुनि नदीको ४० मिटर लम्बाइको पुल निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले रोकेको हो ।

मुखियापट्टी मुसहरनियालाई भारतको व्यापारी केन्द्र साहरघाट जोड्ने पुल निर्माणमा एसएसबीले अवरोध गर्दा निर्माण अन्यौल परेको छ ।

सडक डिभिजन कार्यालय जनकपुरको ८ करोड ४९ लाखको लागतमा पुल निर्माण गर्न टेण्डर आह्वान गरिएको थियो । टेण्डर रमण कमल जेभी कन्ट्रक्सनले पारेको थियो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा गोविन्द महातोले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: