राजनीतिक उक्साहटमा वन क्षेत्र अतिक्रमण « Nagarik Khabar

राजनीतिक उक्साहटमा वन क्षेत्र अतिक्रमण



काठमाडौं । राप्तीको बाढीका कारण २०७१ साउनमा नदी छेउछाउका थुपै्र बस्ती विस्थापित भए ।

विस्थापितको आश्रयस्थल बने नजिकैका सामुदायिक तथा राष्ट्रिय वन क्षेत्र । बाढीपीडितको समस्या देखेर स्थानीय प्रशासनले पनि तत्कालका लागि वन क्षेत्रमा अस्थायी रुपले बस्न मौखिक अनुमति दियो ।

बर्खापछि बाढीको त्रास बिस्तारै हट्दै गयो । केही पीडित पुरानै थातथलोमा फर्के भने केहीले वन क्षेत्रमै घरटहरा निर्माण गरे ।

बाढीपीडित नाममा वन क्षेत्रभित्र गैरपीडितको प्रवेश भयो र धमाधम घरटहरा निर्माण भए । स्थानीयका अनुसार राजनीतिक उक्साहटले गैरपीडितको वन क्षेत्रमा अस्वाभाविक रुपले प्रवेश भयो। राजनीतिक आडमै वन अतिक्रमण गरियो ।

आजको नागरिक दैनिकमा अर्जुन ओलीले यो समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: