अब सलमानले मिका सिंहसँग काम नगर्ने, किन बढ्यो दुरी ? « Nagarik Khabar

अब सलमानले मिका सिंहसँग काम नगर्ने, किन बढ्यो दुरी ?



एजेन्सी । बलिउडका सुपरस्टार सलमान खानलाई धेरैले प्रश्न गरेका थिए कि उनी अब गायक मिका सिंहको साथमा कन्सर्टमा सहभागी हुन्छन् कि हुदैनन् ?

भारतमा सलमानलाई धेरैले यस्तो प्रश्न गर्नुको कारण भने अर्कैछ । भारतले धारा ३७० खारेज गरी काश्मीरको विशेषाधिकार कटौती गरिदिएपछि भारत, पाकिस्तान आमने सामने जस्तै भएका थिए । यसैबीच मिका सिंह आफ्नो लाइभ कार्यक्रमका लागि पाकिस्तान गए ।

पाकिस्तानबाट जब सिंह भारत फर्किए । तर, भारतमा उनको व्यापक आलोचना भयो । जसका कारण भारतीय सिने एसोसियसनले सिंहलाई व्यान्ड गरिदियो ।

एसोसिएसनले सिंहलाई व्यान्ड मात्र गरेन उनीसँग कसैले काम नगर्नू भन्दै उर्दी जारी गर्याे । तर, सलमान खानका केही कन्सर्टहरु हुँदैछन् जहाँ सिंह पनि उनको साथमा सहभागी हुदैथिए ।

सोही विषयलाई लिएर सलमानका फ्यानले सिंह उनको साथमा हुन्छन् कि हुँदैनन् भनेर प्रश्न गरेका हुन् । सलमानले यसलाई प्रष्ट पार्दै आफू अब सिंहको साथ काम नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: