३० करोडको लागतमा पशुवधशाला निर्माण गरिने « Nagarik Khabar

३० करोडको लागतमा पशुवधशाला निर्माण गरिने



बाँके । बाँकेको कोहलपुरमा ३० करोड लागतमा पशुवधशाला निर्माण गरिने भएको छ ।

जनता, उत्पादक, निजी र साझेदारी ‘फोर पी’ को अवधारणामा कोहलपुर नगरपालिका–१२ स्थित निबुवामा पशुबधशाला निर्माणका लागि बोलपत्र भइसकेको नगर प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

उनका अनुसार, पशुवधशाला निर्माणका लागि आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाको एक करोड ९७ लाख र प्रदेश सरकारको एक करोड ९७ लाख गरेर नाली निर्माण तटबन्धन गर्न काम सुरु गर्ने सहमति भएको छ । पशुबधशालाको संरचना निर्माणमा २० करोड लागतको अनुमान गरिएको छ ।

नगरपालिकाको आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियारले हेफर इन्टरनेसनलले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताए । उनले निबुवामा निर्माण हुने पशुबधशालाको गुरुयोजना तयार भएकाले दुई बिघा जग्गामा पूर्वाधारको काम सुरु भएको जानकारी दिए । कोलकताको जिकेसन एण्ड एशोसिएट्सले डिपिआरको काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: