पत्रकार सम्मेलन गरेर रविले भने– राजनीतिको ढोकामा चुकुल लागेको छ, ताल्चा होइन « Nagarik Khabar

पत्रकार सम्मेलन गरेर रविले भने– राजनीतिको ढोकामा चुकुल लागेको छ, ताल्चा होइन



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा ५ लाख धरौटी बुझाएर रिहा भएका रवि लामिछानेले मंगलबार विहान चितवनमा पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनका क्रममा रविले आफू राजनीतिमा आउन सक्नेतर्फ संकेत गर्दै त्यसका लागि पूर्ण रुपमा ढोका बन्द नभएको प्रतिक्रिया दिएका छन् । यद्यपी तत्कालै राजनीतिमा आउने सोच नभएको उनको संकेत थियो ।

राजनीतिमा आउनका लागि आफूले ढोकामा चुक्कुल मात्रै लगाएको बताँउदै रविले ताला भने नलगाएको स्पष्टिकरण दिए । उनले रवि राजनीतिमा पनि आउनुपर्छ भन्ने माग छ नि भन्ने प्रश्नको जबाफमा यस्तो बताएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा जननिर्वाचित नेताहरुले आफ्नो धरातल विर्सन नहुने भन्दै उनले आफू नै राजनीतिमा आउने भन्दा पनि भइरहेकालाई इमान्दार बनाउने प्रयत्नमा लाग्ने प्रतिक्रिया दिए ।

आफू सत्य र निष्पक्षा बाटोमा रहेको उल्लेख गर्दै उनले कसैसँग व्यक्तिगत रिसिबी नरहेको प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: