रवि लामिछानेले आज नारायणगढको सभालाई सम्बोधन गर्ने « Nagarik Khabar

रवि लामिछानेले आज नारायणगढको सभालाई सम्बोधन गर्ने



काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको प्रकरणमा धरौटीमा रिहा भएका रवि लामिछानेले आज चितवनको नारायणगढमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका छन् ।

पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका लामिछाने १२ दिन प्रहरी हिरासतमा बसेका थिए । उनीसहित न्युज २४ का पत्रकार युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सोमबार अदालतले एकसाथ रिहा गरेको हो ।

अदालतले रविलाई ५ लाख, कँडेललाई ३ लाख धरौटी र कार्कीलाई साधारण तारेखमा सोमबार रिहा गरेको थियो ।

उक्त प्रकरणमा रविका समर्थकले प्रहरी प्रशासनलाई हिरासतमुक्त गर्न व्यापक दबाब दिएका थिए । आफ्ना समर्थकलाई धन्यवाद दिन रविले आज दिउँसो २ बजे नारायणी नदी किनारमा आयोजना हुने सभालाई सम्बोधन गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: