बलियो बन्दै विद्युत प्राधिकरण: वार्षिक १० अर्ब लगानी गर्ने क्षमता « Nagarik Khabar

बलियो बन्दै विद्युत प्राधिकरण: वार्षिक १० अर्ब लगानी गर्ने क्षमता



काठमाडौं । घाटामा गैरहेका सार्वजनिक संस्थानले गतिलो नेतृत्व पाएमा प्रगति गर्दा रहेछन् भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरणले देखाएको छ । कुनै समयमा ३४ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणले घाटा घटाउँदै लगेपछि वार्षिक १० अर्ब बराबरको लगानी गर्न सक्ने हैसियत बनाएको छ ।

भौतिक पूर्वाधार तथा अन्य जलविद्युत् आयोजनामा लगानी गर्न अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गर्दै दौड्नुपर्ने प्राधिकरणले पछिल्लो समय वार्षिक रुपमा १० अर्ब लगानी गर्न सक्ने हैसियत निर्माण गरेको हो । यसको मुख्य कारण प्राधिकरण र मन्त्रालयको नेतृत्वको नेतृत्वदायी क्षमता नै प्रमुख हो ।

कुनै समय नेपाल टेलिकमले मात्रै उच्च नाफा कमाउने अवस्था थियो । तर आर्थिक वर्ष २०७५/७६ मा आइपुग्दा त्यसमा प्राधिकरण समेत थपिएको छ । लोडसेडिङले आक्रान्त भएको समयमा प्राधिकरण प्रति आम नागरिकको गुुनासो मात्रै थियो । प्राधिकरणका कर्मचारी भन्न समेत लाज मान्नुपर्ने अवस्था थियो ।

घाटामा गैरहेका सार्वजनिक संस्थानले गतिलो नेतृत्व पाएमा प्रगति गर्दा रहेछन् भन्ने उदाहरण नेपाल विद्युत प्राधिकरणले देखाएको छ । कुनै समयमा ३४ अर्ब रुपैयाँ सञ्चित नोक्सानीमा रहेको प्राधिकरणले घाटा घटाउँदै लगेपछि वार्षिक १० अर्ब बराबरको लगानी गर्न सक्ने हैसियत बनाएको छ ।

केन्द्रीय प्रसारण प्रणालीमा उपलब्ध हुने ३१५ मेगावाट विद्युत् उद्योगी तथा व्यवसायीलाई प्राधिकरणका कार्यकारी निर्देशकले कानुन मिचेर आफूखुसी लोड स्वीकृति दिएका थिए । नागरिक भने बिजुली कहिले आउँला भनेर दैनिक कार्य सञ्चालन गर्नुपर्ने अवस्थामा थिए ।

तर, तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्राधिकरणमै कार्यरत तर क्षमता देखाउन नपाएका कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाउने निर्णय गर्यो । उक्त निर्णय गर्नेमा तत्कालिन ऊर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को योगदान पनि कम महत्वको थिएन ।

झण्डै कोमामा पुगेको प्राधिकरणलाई पुनः जीवन दिन, दिन रात खटेका कुलमानले संस्थालाई नाफाको दिशामा मात्रै अगाडि बढाएनन्, वार्षिक १० अर्ब लगानी गर्न सक्ने हैसियतमा पुर्याएका छन् । निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सो आयोजनाले समेत वार्षिक १० अर्बकै हाराहारीमा लगानी गर्न सक्ने हैसियत बनाउनेछ ।

प्राधिकरणको उक्त सफलताका पछाडि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’को मेहनत र निरन्तरको खबरदारीले पनि काम गरेको छ । कुशल नेतृत्वले संस्था कसरी जीवन्त बन्न सक्छ भन्ने उदाहरण आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफाले पनि देखाएको छ । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत छन् ।

प्राधिकरणको उक्त सफलताका पछाडि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’को मेहनत र निरन्तरको खबरदारीले पनि काम गरेको छ । कुशल नेतृत्वले संस्था कसरी जीवन्त बन्न सक्छ भन्ने उदाहरण आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफाले पनि देखाएको छ । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत छन् ।

घाटा घट्दै गएपछि प्राधिकरणको हैसियत पनि राम्रोसँग विस्तार भएको छ । वार्षिक १० अर्ब रुपैयाँ लगानी गर्न सक्ने हैसियतले केही ठूला आयोजना अगाडि बढाउन समेत सहयोग मिल्नेछ ।

तर प्राधिकरण आफैले भन्दा पनि कम्पनी ढाँचाबाट आयोजना निर्माण गर्ने तयारीमा जुटेको छ । कम्पनी ढाँचामा आयोजना अगाडि बढाउँदा त्यसबाट स्थानीय आयोजना प्रभावित र आम नेपालीलाई समेत लगानीका लागि आग्रह गर्न सकिनेछ । आम नेपालीको लगानी रहँदा आयोजनाको स्वामित्वमा समेत थप सार्थकता मिल्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाअनुसार प्राधिकरणको आर्थिक हैसियत बढ्दै जाँदा थप लगानीका लागि समेत मार्ग प्रशस्त भएको छ । “हामी केही ठूला आयोजना अगाडि बढाउन सक्ने अवस्थामा पुगेका छौ” कार्यकारी निर्देशक घिसिङले भने ।

प्राधिकरणले कम्पनी मोडलमा दुधकोशी जलाशयूक्त आयोजना निर्माण शुरु गर्ने तयारी गरेको छ । प्राधिकरणको नाफा बढ्दै जाँदा सो आयोजना निर्माणका लागि समेत थप सहजता भएको छ । सो आयोजनाको क्षमता ६३५ मेगावाट रहेको छ । सो आयोजनामा समेत प्राधिकरणले टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गर्ने तयारी गरेको छ ।

भेरी बबई डाइभर्सन आयोजनामा टिबिएमको सफल प्रयोगले दुधकोशीमा समेत टिबिएम प्रयोगका लागि मार्ग प्रशस्त भएको प्राधिकरणको बुझाइ छ । सो आयोजनामा एशियाली विकास बैंकलगायतका दातृ निकायले लगानी गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।

प्राधिकरणले कम्पनी मोडलमा दुधकोशी जलाशयूक्त आयोजना निर्माण शुरु गर्ने तयारी गरेको छ । प्राधिकरणको नाफा बढ्दै जाँदा सो आयोजना निर्माणका लागि समेत थप सहजता भएको छ । सो आयोजनाको क्षमता ६३५ मेगावाट रहेको छ । सो आयोजनामा समेत प्राधिकरणले टनेल बोरिङ मेशिन (टिबिएम) प्रयोग गर्ने तयारी गरेको छ ।

प्राधिकरण साना तथा मझौला आयोजना मात्रै अल्झियो भन्ने गुनासोको समाधानका लागि समेत जलाशययुक्त आयोजना निर्माण शुरु गर्न लागेको हो । जलाशययुक्त आयोजना ऊर्जा सुरक्षाका लागि समेत महत्वपूर्ण मानिन्छ ।

प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी बाहेक अन्य आयोजना नभएको र हिउँदमा विद्युत् कम हुँदा सधै व्यवस्थापनका लागि हैरान बन्नुपर्ने अवस्थाको अन्तयका लागि पनि जलाशयुक्त आयोजना जरुरी पर्दछ ।

यस्तै प्राधिकरणले सहायक कम्पनी मार्फत १०६० मेगावाट क्षमताको अपर अरुण जलविद्युत् आयोजना पनि निर्माण शुरु गर्ने तयारी गरेको छ । सो आयोजनाको हाल विस्तृत इन्जिनियरिङ प्रतिवेदन, बोलपत्र तयार पार्ने काम भइरहेको छ ।

आयोजनामा विश्व बैंकलगायतले लगानी गर्ने भएका छन् । विश्व बैंककै लगानीमा विस्तृत इन्जिनियरिङ डिजाइनलगायतको काम भइरहेको छ । देशको ऊर्जा सुरक्षालाई समेत ध्यानमा राखेर सरकारले जलाशयुक्त आयोजनामा ध्यान दिएको मन्त्री पुनको भनाइ छ । त्यसो त मन्त्री पुनले गत वर्ष सार्वजनिक गरेको श्वेतपत्रमा समेत ठूला आयोजना अगाडि बढाउने उल्लेख गरेका छन् ।

विश्व बैंककै लगानीमा विस्तृत इन्जिनियरिङ डिजाइनलगायतको काम भइरहेको छ । देशको ऊर्जा सुरक्षालाई समेत ध्यानमा राखेर सरकारले जलाशयुक्त आयोजनामा ध्यान दिएको मन्त्री पुनको भनाइ छ । त्यसो त मन्त्री पुनले गत वर्ष सार्वजनिक गरेको श्वेतपत्रमा समेत ठूला आयोजना अगाडि बढाउने उल्लेख गरेका छन् ।

प्रदेश नं २ बाहेक अन्य प्रदेशमा दुई/दुई वटा जलाशययुक्त आयोजना शुरु गर्ने मन्त्री पुनको श्वेतपत्रमा समावेश छ । आयोजनालाई प्राथमिकतामा राखिएकाले प्राविधिक तयारी पूरा भएपछि निर्माणमा लैजाने तयारी गरिएको छ ।

ऊर्जा मन्त्री पुनको स्पष्ट सोचसहितको दृष्टिकोण र प्राधिकरणका कार्यकारी निर्देशकको इमान्दार प्रयासले गर्दा आज प्राधिकरण पुनः सबल र सक्षम संस्थाको रुपमा विकास हुँदै गएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: