सुटिङ नहुँदै सलमान-आलियाको फिल्मले करोडौं पाएपछि… « Nagarik Khabar

सुटिङ नहुँदै सलमान-आलियाको फिल्मले करोडौं पाएपछि…



एजेन्सी । सञ्जय लिला भन्सालीको निर्देशन रहेको फिलम इन्शाल्लाह दर्शको लागि व्यग्र प्रतिक्षाको फिल्म बनेको छ ।

यो फिल्ममा भन्साली र सलमानले दुई दशकपछि सँगै काम गर्न लागेका हुन् । दुबैको पछिल्लो फिल्म ‘हम दिल दे चुके सनम’ निकै हिट भएको थियो ।

इन्शाल्लाहमा सलमान र आलिया भट्टको जोडीको रोमान्स रहनेछ । निकै लामो समयदेखि यसको चर्चा भइरहेको छ ।

फिल्मको थिएट्रिकल राइट्स (थिएटरमा प्रदर्शन गर्ने अधिकार) बेचिएको खबरले अहिले बलिउड तातेको छ ।

रिपोर्टका अनुसार भन्सालीले फिल्मको थिएट्रिकल राइट्स १६५ करोड (भारु) मा बेचेका छन् । यसबाहेक उनले प्रोमोशन र विज्ञापनका लागि २५ करोड भारु लिएका छन् । यसरी फिल्मको मूल्य १९० करोड भारु पुगेको छ । फिल्मको डिजिटल र सेटलाइट राइट्सले पनि उच्च मूल्य पाउने आशा गरिएको छ ।

फिल्मको छिट्टै सुटिङ सुरु हुने बताइएको छ । फिल्म २०२० मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: