लुकाकुको सिरी ए मा डेव्यु गोलसँगै इन्टर मिलान विजयी « Nagarik Khabar

लुकाकुको सिरी ए मा डेव्यु गोलसँगै इन्टर मिलान विजयी



एजेन्सी । रोमेलु लुकाकुले इटालियन सिरी ए को डेव्यु खेलमा नै गोल गरेका छन् ।

यसै सिजन इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट मिलान पुगेका लुकाकुले डेब्यु खेलमा गोलगर्दै इटालियन सिरी ‘ए’ को पहिलो खेलमा लिसमाथी फराकिलो जित हात पारेको छ ।

वेल्जियमका रोमेलु लुकाकु म्यानचेस्टर युनाइटेडबाट उनलाई ८० मिलियन युरोमा क्लबमा भित्र्याएको थियो ।

घरेलु मैदानमा जियोसिप्पी मेज्जा स्टेडियममा इन्टर मिलानले लिसमाथि ४–० को फराकिलो जित हात पारेको हो । सोमबार राति भएको खेलमा इन्टर मिलानले खेलको २१औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै २४औं मिनेटमा स्टेफानो सेन्सीले गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

दोस्रो हाफको ६०औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै इन्टर मिलानले खेलमा दवाम बनायो । ८४औं मिनेटमा एन्टेनियो क्यानड्रेभाले ३० यार्डबाट गोल गर्दै इन्टर मिलानलाई ४–० को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: