टाकुला खोलाको बाढीले सडक बगायो, कर्णाली राजमार्ग अवरुद्ध « Nagarik Khabar

टाकुला खोलाको बाढीले सडक बगायो, कर्णाली राजमार्ग अवरुद्ध



मान्मा । तिलागुफा नगरपालिका वडा नं ७ र ८ को टाकुला खोलामा आएको बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सोमबार बेलुकादेखि राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाको डोजर कालीकोट सदरमुकामबाट जाँदै गरेको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ ।

सोमबार बेलुकादेखि अवरुद्ध भएको राजमार्ग खुलाउने प्रयास भइरहेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए ।

‘अहिले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘आजबाट नै राजमार्ग खुलाउने गरी काम भइरहेको छ ।’

(प्रतिकात्मक तस्बिर)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: