अर्जुन तेन्दुलकर मुम्बई टिममा सामेल « Nagarik Khabar

अर्जुन तेन्दुलकर मुम्बई टिममा सामेल



एजेन्सी । भारतीय महान ब्याट्सम्यान सचिन रमेश तेन्दुलकरका छोरा अर्जुन तेन्दुलकरलाई मुम्बाई टिममा समावेस गरिएको छ । देव्रे हाते अलराउण्डर अर्जुन नागपुरमा आयोजना हुने बापुना कपको लागि १५ सदस्यीय टिममा परेको हो ।

अर्जुनले योभन्दा अघि टि ट्वेन्टि ढाँचाको मुंबई लिग पनि खेलिसकेका छन् ।

मुम्बाई क्रिकेट संघले सोमबार घोषणा गरेको टोलीको कप्तानको रुपमा सूर्य कुमार यादवलाई जिम्मेवारी दिइएको छ । ५० ओभरको प्रारुपमा खेलाइने प्रतियोगिता ५ सेप्टेम्बर देखि सुरु हुनेछ ।

मुम्बाई टिमः
सूर्यकुमार यादव (कप्तान), सरफराज खान, आदित्य तारे, जय बिष्ट, शुभम रन्जने, रौनक शर्मा, आकाश पारकर, एकनाथ केरकर, सूफियान शेख, शम्स मुलानी, आदित्य धूमल, शशांक अटार्डे, आकिब कुरैशी, कृतिक हनागावाडी र अर्जुन तेन्दुलकर

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: