रोल्पा नगर प्रमुख भन्छन् : रोल्पालाई देशकै नमुना नगर बनाउँछौँ (भिडियोसहित) « Nagarik Khabar

रोल्पा नगर प्रमुख भन्छन् : रोल्पालाई देशकै नमुना नगर बनाउँछौँ (भिडियोसहित)



काठमाडौं । माओवादी जनयुद्धको केन्द्र मानिने रोल्पा युद्धपछि पनि निरन्तर चर्चामा छ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, सभामुख कृष्णबहादुर महरा, उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’लगायत राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरुको गृह जिल्ला हुनुले पनि रोल्पा निरन्तर चर्चामा रहन्छ ।

१० वटा स्थानीय तहमध्ये रोल्पा नगरपालिका रोल्पाको एकमात्र नगरपालिका हो । नगर प्रमुख छन् पूर्ण केसी र उपप्रमुख मनकुमारी पुन । दुवैजना तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् ।

माओवादी युद्धको केन्द्र, जिल्लाको एकमात्र नगरपालिका र सभामुख महराका ज्वाइँ प्रमुख र उर्जामन्त्री पुनकी बहिनी उपप्रमुख हुनुले पनि रोल्पा नगरपालिका बढी चर्चामा छ ।

नगर प्रमुख केसी आफैमा साहित्यकार पनि हुन् । ढुंगे बगैचा, साहित्यिक महोत्सव, राष्ट्रिय खेलकूद, देशकै अग्लो भ्यूटावर निर्माण शिलान्यास, गृनपार्क निर्माण जस्ता कार्यले नगर प्रमुख-उपप्रमुख चर्चामा छन् ।

चर्चामा रहेको रोल्पा नगरपालिकामा के हुँदैछ रु नागरिकखबरको नियमित स्तम्भ के गर्दैछन् गाउँका सिंहदबार रु मा नगरप्रमुख केसीसँग गरिएको कुराकानीलाई प्रस्तुत गरेका छौँ ।

दुई वर्षको अवधि

स्थानीय निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि भएर आएको पहिलो वर्ष अभ्यासको क्रममा थियो । निर्वाचनमा प्रतिबद्धता गरेका मुद्दालाई कार्यान्वयनमा लैजानु पर्ने पनि थियो ।

निर्वाचित भएर आएपछि तीनवटा बजेट तथा कार्यक्रम प्रस्तुत गरियो । जनताको जनभावना अनुसार काम गर्दा अहिलेसम्म सन्तोषजनक नै छ ।

निर्वाचित भएर आएपछि तीन वटा बजेट तथा कार्यक्रम प्रस्तुत गरियो । जनताको जनभावना अनुसार काम गर्दा अहिलेसम्म सन्तोषजनक नै छ ।

स्थानीय तहमा विकासको जनचाहना तिव्र थियो । त्यो एकैपटक पुरा हुने विषय पनि होइन । विकास र समृद्धि विस्तारै हुने हो । तर, रोल्पा नगरपालिकामा छोटो समयमा पनि धेरै विकास भएको तथ्य प्रष्ट छ ।

पूर्वाधार विकास पहिलो प्राथमिकता 

पूर्वाधारको दृष्टिकोणले रोल्पा विकट जिल्लाको रुपमा चिनिन्छ । तर, राष्ट्रियस्तरको जिम्मेवारीमा रोल्पाबाट प्रतिनिधित्व गरीरहेकाले जनप्रतिनिधि भएका कारण पछिल्लो समय पूर्वाधार विकासमा सहज हुँदै गएको छ ।

सडकका दृष्टिकोणले रोल्पासम्म नै सडक कालोपत्र भएको छ । सडक सञ्जालले छोएको छ । रोल्पा नगरपालिकाको कुरा गर्दा १० वटै वडामा सडकको पहुँच छ । सडकमा केही संघीय सरकार, केही प्रादेशिक र नगरपालिककाको बजेट छ ।

हरेक समय सडकलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्दैछौँ । केही ठाउँमा सडक कालोपत्रे, फराकिलो बनाउने तयारी भइरहेको छ । यस वर्षको बजेटले पनि पूर्वाधार विकासलाई प्राथमिता दिएको छ । बजेटले विभिन्न योजनालाई प्राथमिकतामा राखेको छ ।

१० वटै वडामा सडकको पहुँच छ । हरेक समय सडकलाई सञ्चालन गर्ने वातावरण निर्माण गर्दैछौँ । केही ठाउँमा सडक कालोपत्रे, फराकिलो बनाउने तयारी भइरहेको छ ।

जनताको जीवनस्तरसँग जोडिएका विषय प्रमुख विषयको रुपमा पहिचान गरेर हामीले काम गरिरहेका छौँ । यस्ता कार्यक्रमलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ । आर्थिक, समाजिक, भौतिक विकासको दृष्टिकोणले विभिन्न कार्यक्रम अघि सारेका छौँ । पूर्वाधारको हिसावले विद्युत र सडकलाई प्राथमिकताको साथ अघि सारेका छौं ।

सामाजिक दायित्व र भूमिका

जिल्लामा कामकाजको दृष्टिकोणले मानवीय तथा सामाजिक विकास पहिलो प्राथमिकतामा पर्दछ ।

शिक्षा, स्वास्थ्य, जातीय छुवाछुत, लैगिक हिंसा जस्ता विषय पनि स्थानीय तहमा उठ्ने गरेका छन् । यस विषयमा पनि स्थानीय जनप्रतिनिधिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने दायित्व र भूमिका छ ।

पर्यटनको पहिलो प्राथमिकता युद्ध पर्यटन

रोल्पा परिवर्तनको मुख्य केन्द्रविन्दु हो । रोल्पा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा दशवर्षे जनयुद्धको आधार भूमि पनि हो । यो क्षेत्र हेर्न र हेराउनका लागि पर्यटकीय गन्तव्य हो । रोल्पा नेपालको परिवर्तनको केन्द्र हो ।

जनयुद्धको केन्द्र विन्दु भएकाले रोल्पा जान पर्यटकहरु आकर्षित छन् । युद्ध पर्यटनका लागि त्यहाँ पुगेका पर्यटकलाई के देखाउने ? हामी जनयुद्धको चरणमा सैन्य तालिम केन्द्र रहेको घामतारा र दारबोटमा तालिम केन्द्रका अवशेषहरुलाई संरक्षण गर्दैछौँ । 

हाम्रो साथमा क्रान्तिको विम्ब जलजला छ । हामी लिबाङमै एउटा संग्राहलयको बनाउने पनि सोंचिरहेका छौँ ।

ढुंगे बगैचादेखि नेपालकै अग्लो टावरसम्म

पर्यटकीय दृष्टिकोणले रोल्पा आफैमा सम्भावना भएको जिल्ला हो । रोल्पा नगरपालिका जिल्ला सदरमुकाम पनि भएकाले झन् महत्वको क्षेत्रमा पर्छ । काठमाडौंबाट रोल्पासम्म सडकका हिसावले कालोपत्रे भइसकेको छ ।

युद्धकालमा घामतारा क्षेत्र, दारबोट क्षेत्र, जलजला पहाड (जनक्रान्तिको विम्ब), युद्ध पर्यटनको लागि मुख्य आधार हुन् । यसकारण युद्ध पर्यटनको आधारशिला हेर्नका लागि पनि आकर्षक गन्तव्य हो ।

सातदोबाटो प्राकृतिक हिसाबले आफैमा सुन्दर छ । हिउँदमा हिउँ खेल्न पाइन्छ । वर्षा याम कुहिरोले छोपिन्छ । हामीले सातदोबाटोमा नेपालकै अग्लो भ्यू टावर निर्माण गर्दैछौँ । यसै क्षेत्रमा ढुंगे बगैचा निर्माण गरिसकेका छौँ ।

यसले रोल्पा आउने पर्यटकको बसाइलाई केहीं लम्ब्याउने छ । यसबाट रोल्पा र रोल्पा नगरभित्रका बासिन्दाको आर्थिक उपार्जनमा पनि सघाउ पुग्नेछ ।

यस्तै सयवटा पर्यटकीय गन्तव्यमध्ये जलजला क्षेत्र एक हो ।  जलजला प्राकृतिक सौन्दर्यताले भरिएको मात्रै छैन । यो धार्मिक अस्थाको केन्द्र पनि हो । जलजला नेपालको परिवर्तनको प्रतीक पनि हो । हामीले जलजलालाई पर्या, धार्मिक र युद्ध पर्यटनको रुपमा एकसाथ विकास गर्न खोजिरहेका छौँ । यसमा हामी अन्तरपालिकाको सहकार्य छ । 

सांस्कृतिक पर्यटनका लागि मगर संग्राहलय

साँस्कृतिक पर्यटनको क्षेत्रमा रोल्पा देशमै अगाडि आउँछ । रोल्पा नगरपालिकामा मगरहरुको आधार क्षेत्र हो । यहाँको मगर संस्कृतिको आफ्नै विशेषता छ । यसकारण मगर संग्रहालय बनाउँदै छौं । यस्तै जनजाति संग्रहालय समेत बनाउने तयारीमा जुटेका छौं । यो संग्रहालय हेर्नका लागि पनि पर्यटक भित्र्याउन सक्छौं । 

सबै संस्कृति समेटिने गरी हामीले सांस्कृतिक संग्राहलय पनि बनाउँदैछौँ ।

बन्यो गृनपार्क, गमला वितरण गर्दैछौँ

रोल्पाको टुँडीखेल अस्तव्यस्त थियो । हामीले त्यसलाई गृनपार्कमा रुपान्तरण गरेका छौँ । यसले बजारको सुन्दरता थपिएको छ । हामीले बजारका सबै घरमा गमला बाँड्ने योजना बनाएका छौँ । ताकी हरेक घरमा गमलामा फूल फुलुन् ।

व्यवस्थित सहरीकरण

नगरपालिका २७० वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । यसको केन्द्र लिवाङ हो । पहाडी जिल्लाको सुन्दर क्षेत्र हो । रोल्पालाई नेपालको दार्जिलिङ समेत भन्ने गरेका छन् ।

शरहलाई व्यवस्थित बनाउनकै लागि नगरपालिकाभित्र रहेको बसपार्कलाई ग्रिन पार्कको रुपमा विकास गरिसकेका छौं । यस्ले शहरलाई सुन्दर बनाएको छ ।

नगरपालिका भित्रको भवन निर्माणलाई व्यवस्थित बनाउने र सुन्दर बनाउने योजना पनि हामीले तयार गरेका छौँ ।

३२ करोडको खानेपानी

नगरपालिकाभित्र खानेपानीको व्यवस्थाका लागि ३२ करोडको सम्झौता गरेका छौं । नगर विकास कोष, शहरी विभाग र नगरपालिकाको समन्वयमा उक्त योजनाको सम्झौता गरेका छौं ।

त्यस्तै नगरपालिकाभित्र ढल व्यवस्थापन पनि गर्दैछौँ । फोहोरमैला व्यवस्थापनमा समेत हाम्रो उचित ध्यान गएको छ । पाँच वर्षे कार्यकालमा हामीले रोल्पालाई देशकै नमुना जिल्ला बनाउने तयारी गरेका छौँ ।

स्वास्थ्यको अवस्था र योजना

नरपालिकाभित्र जिल्ला अस्पताल छ । यसको सेवा प्रवाह विगतमा प्रभावकारी थिएन । अहिले सुधार आएको छ । नगरपालिकाबाट नै जिल्ला अस्पतालमा जनशक्ति राखेका छौं ।

प्रसुति सेवालाई समेत पुनः सञ्चालन गरेका छौं । अहिले २४ घण्टा नै प्रसुति सेवा सञ्चालनमा छ । यही सेवाका लागि विगतमा बुटवल, दाङ र काठमाडौंसम्म जानु पर्ने अवस्था थियो । अहिले नगरपालिकाले यो सेवा व्यवस्थापन गरेको छ ।

प्रसुति सेवालाई समेत पुनः सञ्चालन गरेका छौं । अहिले २४ घण्टा नै प्रसुति सेवा सञ्चालनमा छ । यही सेवाका लागि विगतमा बुटवल, दाङ र काठमाडौंसम्म जानु पर्ने अवस्था थियो ।

अहिले नगरपालिकाले यो सेवा व्यवस्थापन गरेको छ । यस्ले भवितव्य घटनालाई मात्रै नभएर आर्थिक खर्चलाई समेत पूर्ण रुपमा घटाएको छ ।

३२ करोडको अस्पताल

नगरपालिकाले सय सैयाको अस्पताला भवन बनाउने तयारी थालेका छौं । यस्तै, वडाहरुमा हेल्थ पोस्टको व्यवस्था गरेका छौं ।

गाउँ घर क्लिनिक व्यवस्था गरेका छौं । यस्ले प्राथमिक सेवा दिइरहेको छ ।

प्राविधिक शिक्षालयदेखि कृषि क्याम्पससम्म

स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवारी हुँदै गर्दा रोल्पालाई शैक्षिक हवको रुपमा विकास गर्ने प्रतिबद्धता थियो। यसको आधार पनि थियो । अहिले पनि छ । यहि प्रतिबद्धता अनुसार काम गरीरहेको छु ।

नगरपालिकाभित्र कृषि क्याम्पस छ । केही समयदेखि बन्द थियो । अब असोजदेखि सञ्चालन गर्ने तयारी गरेका छौं । प्राविधिक शिक्षालय समेत रहेको छ । कृषि र पुश विज्ञानको पठन पाठन भइरहेको छ ।

यसमा इन्जिनियर क्षिक्षा समेत पठन-पाठन भइरहेको छ । सामुदायिक माविहरु समेत रहेका छन् ।

जलजला बहुमुखी क्याम्पस, नमूना विद्यालयको रुपमा बालकल्याण माध्यामिक विद्यालय समेत रहेका छन् । यसमा इन्जिनियर क्षिक्षा समेत पठन-पाठन भइरहेको छ । सामुदायिक माविहरु समेत रहेका छन् । यस्ले शैक्षिक हबको रुपमा सहजै विकास गर्न सकिने छ । यस्को जिम्मेवारी नगरपालिकाले लिने छ ।

प्राथमिक तहका विद्यालयलाई गुणस्तरितामा प्राथमिकता दिदै आएका छौं । प्रत्येक वर्ष प्राविधिक शिक्षामा सय जनालाई छात्रवृतिको व्यवस्था गरेका छौं । पाँच वर्षमा पाँच सय विद्यार्थी उत्पादन गर्ने र रोजगार दिने व्यवस्था समेत गरेका छौं । 

कृषि क्याम्पस हाम्रै नगरपालिकाको माडीचौरमा बन्दैछ । यो क्याम्पस बनेपछि यो नगरपालिका शैक्षिक हब बन्ने हाम्रो विश्वास छ ।

स्थानीयको जनगुनासो र सम्बोधन

रोल्पा विकासोन्मुख जिल्लामा पर्दछ । विकासको चाहना अति नै छ । यस्को सम्बोधन गर्न सहज छैन । ०६३ पछि मात्रै रोल्पाले विकासको बामे सारेको हो ।

यसपछि नै विकास तिव्र भएको छ । अहिले कुना कुनामा समेत सडक सञ्जाल पुगेको छ । विकास छिटोहोस र गर्नु पर्यो भन्ने जस्ता इच्छा नै जनगुनासोको रुपमा लिएको छु ।

अबको तीन वर्षमा

सडक सञ्जालाई थप व्यवस्थित गर्ने छु । भएसम्म कालोपत्रे गर्ने छु । स्थानीय उत्पादनलाई बजार प्रर्वन गर्ने छ । प्रत्येक घरमा विद्युतिकरण गर्ने योजना छ ।

तीन वर्षमा विजुलि बत्ति बालि सक्ने योजना छ । परम्परागत शैलिमा रहेको कृषि प्रणालीलाई आधुनिकिरण गर्ने छु ।

बाटो पुगेपनि बत्ति बालेपनि आर्थिक सुधार भएन भने त्यो विकास भन्न मिल्दैन । यसकारण स्थानीयलाई आत्मानिर्भर बनाउने योजनामा छौं । कृषि र पशु क्षेत्रमा आधुनिकिरण गर्ने र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने हो ।

नेपालको संविधानले तीन वटा सरकारको अवधारणा अघि सारेको छ । स्थानीय, प्रदेश र संघिय सरकार छ । सविधानले सबैको काम अधिकार प्रष्ट गरेको छ ।

नेपालको संविधानले तीनवटा सरकारको अवधारणा अघि सारेको छ । स्थानीय, प्रदेश र संघिय सरकार छ । सविधानले सबैको काम अधिकार प्रष्ट गरेको छ ।

तर, अहिले तीन नै तहका सरकार अभ्यासमा छौं । यस क्रममा केही अधिकारमा भने लडाइ चलिरहेको अवस्था छ । संघीय र प्रदेश सरकारले स्थानीय सरकारको अधिकार हस्तक्षेप गर्दे गएको देखिन्छ ।

यसकाण यो विषयमा प्रदेश र संघीय सरकारले गम्भीर भएर सोच्नुपर्छ । अधिकार हस्तान्तरण नभएको होइन तर, माथिल्लो सरकारको लोप लालचले गर्दा समस्यामा स्थानीय तह छ । रोल्पा नगरपालिकामा निर्वाचित प्रतिनिधि, नगर सभाका सदस्य, वडा अध्यक्ष तथा सदस्यहरुले उत्कृष्ट नगरपालिका बनाउनका लागि समन्वय गर्नु पर्छ ।

यो मेरो मात्र लक्ष्य होइन हामी सबै निर्वाचित स्थानीय जनप्रतिनिधिको हो । सकरात्मक सल्लाह र रचनात्मक सुझावलाई ग्रहण गरेको छु । त्यसैले राम्रो उत्कृष्ट नगरपालिका बनाउनका लागि काम गरिरहेका छु ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: