बिगबजेट बलिउड : प्रभास अगाडि, सलमान र आमिर पछ्याउँदै « Nagarik Khabar

बिगबजेट बलिउड : प्रभास अगाडि, सलमान र आमिर पछ्याउँदै



एजेन्सी । बलिउडमा अहिले बिगबजेट फिल्म बन्नु सामान्य भैसकेको छ । एउटै फिल्मका लागि अर्बमाथीको लागानी अहिले बलिउडमा सामान्य बन्दैगएको छ । बाहुबली स्टार प्रभास देखि बलिउडमा सुल्तान सलमान खान र मिस्टर पर्फेक्ट आमिर खान तथा शाहरुख खान यो लिस्टमा अगाडि रहेका छन् ।

तर लिस्टमा प्रभास अरुभन्दा निकै अगाडि देखिएका छन् । यता नेपाली फिल्ममा करोड लागानी पनि मुस्किल बनिरहेका बेला बलिउडमा बनेका सय करोड माथीका केही फिल्म यस्ता रहेका छन् ।

२.०
तामिल स्टार रजनीकान्त र अक्षयकुमारको मुख्य भूमिका रहेको २.० बलिउडको अहिलेसम्मकै बिगबजेट फिल्म हो । भिएफएक्स र एनिमेशनको अत्याधिक प्रयोग भएको यो फिल्म ५ सय ७० करोडमा बनेको थियो । २.० गत नोभेम्वरमा रिलिज भएको थियो ।

साहो
बाहुबली फेमका प्रभासको बहुचर्चित फिल्म साहो यो लिस्टको दोस्रो नम्बरमा रहेको छ । आगामी अगस्ट ३० मा रिलिज हुने साहोमा प्रभासका अलावा श्रद्धा कपुर पनि रहेकी छन् । फिल्मको प्रचारका लागि द कपिल शर्मा शोमा पुगेका प्रभासले फिल्म ३ सय ५० करोडमा निर्माण भएको खुलासा गरेका थिए ।

बाहुबली २
प्रभासलाई बलिउडमा स्थापित गराएको सिरिज बाहुबली २ बिगबजेट फिल्म हो । २०१७ मा प्रदर्शनमा आएको यो फिल्म २ सय ५० करोडमा निर्माण भएको थियो । बाहुबलीको उच्च सफलता पछि निर्माण भएको यो फिल्मको लागत पहिलोमा भन्दा निकै बढेको थियो ।

ठग्स अफ हिंदोस्तान
गत डिसेम्बरमा प्रदर्शनमा आएको अमिताभ बच्चन र आमिर खान स्टारर् फिल्म ठग्स अफ हिंदोस्तान आमिरको अहिलेसम्म कै बिगबजेट फिल्म हो । यशराज ब्यानरमा बनेको यो फिल्मका लागि निर्माताको २ सय २० करोड खर्च भएको थियो ।

टाइगर जिंदा है
सलमान खानको अधिकांश फिल्मको बजेट सय करोड माथि हुने गरेको छ । एक था टाइगरको सफलता पछि सिक्वेलको रुपमा निर्माण भएको यस फिल्मले बक्सअफिसमा तहल्का पिटेको थियो । टाइगर जिंदा है निर्माणमा २ सय १० करोड खर्च भएको थियो ।

बाहुबली
प्रभासलाई बलिउडमा परिचय गराएको फिल्म बाहुबली पनि बिगबजेट बलिउड फिल्म रहेको छ । २०१६ मा रिलिज भएको यस फिल्मले बक्सअफिसका प्राय सबै रेकर्ड तोडेको थियो । एसएस रामौली निर्देशित बाहुबली बन्न १ सय ८० करोड लागेको थियो ।

धुम ३
यशराज ब्यानरको हिट फिल्म धुमको तेस्रो श्रृङ्खला १ सय ७५ करोडको लगानीमा बनेको थियो । आमिर खानलाई चोरको भूमिकामा देखाइएको फिल्मले बलिउडमा तेतिबेला हंगामा पिटेको थियो । डबल रोल गरेको आमिरलाई फिल्ममा स्टन्ट गरिरहेका देख्न सकिन्छ ।

सुल्तान
रेसलरको कथामा बनेको फिल्म सुल्तान सलमान खानको सफल फिल्म हो । यस फिल्ममा सलमान हरियाणाका रेसलरको भूमिकामा देखिएका थिए । २०१६ मा रिलिज भएको फिल्म १ सय ४५ करोडको लागतमा बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: