महिला सांसदको भूमिकाप्रति उपसभामुख तुम्बाहाम्फेको असन्तुष्टि (भिडियोसहित) « Nagarik Khabar

महिला सांसदको भूमिकाप्रति उपसभामुख तुम्बाहाम्फेको असन्तुष्टि (भिडियोसहित)



काठमाडौं । प्रतिनिधिसभामाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले महिला सांसदहरुलाई संसदमा प्रभावकारी र सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेकी छन् ।

संघीय संसद सचिवालयले मंगलबार संघीय भवन नयाँवानेश्वरमा गरेको संसदीय अभ्याससम्बन्धी अन्तरक्रियामा उपसभामुख तुम्बाहाम्फेले महिला सांसदहरुको भूमिका अपेक्षित रुपमा प्रभावकारी हुन नसकेको बताइन् । संघीय संसदका दुवै सदनमा संविधानअनुसार ३३ प्रतिशत महिला सुनिश्चितता भइसकेको तथा सबैको दृष्टिकोण महिला सांसदहरुले निर्वाह गर्ने भूमिकामा केन्द्रित हुने भएकाले प्रभावकारी र सक्रिय भूमिकामा रहनुपर्नेमा उनले जोड दिइन् ।

राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालले संसदीय प्रक्रियामा महिला सांसदहरुको भूमिका प्रभावकारी बनाउने सवालमा अन्तरक्रिया प्रभावकारी बन्ने विश्वास व्यक्त गरिन् ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले संविधान, कानुन र नियमभित्र रहेर संसदीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । संसदीय अभ्यासमा राम्रा नराम्रा दुवै रहेको भन्दै राम्रा अभ्यासको मात्रै अनुकरण गर्न पनि उनले सुझाव दिए ।

उनले शिष्ट र सभ्य भई विषयवस्तुको गार्भियता हरेर शून्य, विशेष र ढ्यापढ्यापे समयको प्रयोग गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा महिला सांसदहरुले निर्वाचित र समानुपातिक सांसदहरुलाई गरेको विभेद, कार्यविधि परिर्वतन तथा संसदीय प्रणालीका अन्य विषयमा जिज्ञासा राखेका थिए । संघीय संसद सचिवालयले संसदीय अभ्यासबारे महिला सांसदहरुका लागि अन्तरक्रिया आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: