भिडियो कन्फेरेन्सबाट कुनै खतरा छैन: असगर अली « Nagarik Khabar

भिडियो कन्फेरेन्सबाट कुनै खतरा छैन: असगर अली



काठमाडौं । भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा कुनै खतरा नरहेको प्रधानमन्त्री कार्यालयले प्रष्ट पारेको छ ।

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलीले प्रविधि पूर्णरूपमा सुरक्षित रहेको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।

उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्सबाट सोमबार मन्त्रिपरिषद् बैठक सञ्चालन गरेपछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहितका केही दलले बिरोध जनाएका छन्।

प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार अलीले मन्त्रिपरिषद् बैठक सञ्चालनका लागि प्रयोग गरिएको टेली प्रिसेन्स प्रविधि गोपनीयता भंग हुने खालको नभएको प्रष्टिकरण दिएका छन् ।

सल्लाहकार अलीले सुरक्षा गोपनियताका कारण सबै जानकारी दिन नमिल्ने भन्दै यो फेसबुक कल, स्काइप कल, यूट्युब लाइभ जस्तो नबुझ्न र भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: