खालिङको संयोजकत्वमा सोलुखुम्बु–काठमाडौं पत्रकार समाज « Nagarik Khabar

खालिङको संयोजकत्वमा सोलुखुम्बु–काठमाडौं पत्रकार समाज



काठमाडौं । प्रकाश खालिङको योजकत्वमा सोलुखुम्बु–काठमाडौं पत्रकार समाज गठन भएको छ ।

्सोलुखुम्बुबाट काठमाडौंमा आई पत्रकारिता गर्ने र सोलखुम्बुमै रहेका पत्रकारबीच अन्तरसम्बन्ध कायम गर्ने उद्देश्यले सोमबार सात सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

समिति सदस्यमा काठमाडौंमा कार्यरत बुद्धवीर बाहिङ, विक्रम श्रेष्ठ, मदन राई, तेज किराती, डोमा शेर्पा र सोलुखम्बुमै कार्यरत भोजराज कार्की रहेका छन् ।

पत्रकार समाज कुनै राजनितिक दल वा विचारभन्दा पर रहेको स्वतन्त्र संगठन भएको संयोजक खालिङले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: